नेप्से घट्यो, फाइनान्स र हाईड्रो सेक्टरमा गिरावट

२८ असार २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै लगानीकर्ताहरुमा निराशा छाएको छ ।

बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३९ करोड ६ लाख ६० हजारको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै आज १० उपसूचकहरुमा पनि रातो पोतिएको भएपनि ३ उपसूचकमा भने हरियाली छाएको छ । आज बिहीबार फाइनान्स उपसूचक सवार्धिक २ प्रतिशतले घटेको छ । दोस्रोमा हाइड्रोपावर उपसूचक १.८८ प्रतिशतले घटेको छ ।

आज म्युचुअल फण्ड, बैंकिङ र होटल तथा पर्यटन उपसूचकमा क्रमशः ०.५५, ०.३१ र ०.१९ प्रतिशतको बृद्धि आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*