पिपल्स पावरको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

२८ असार २०८०, बिहीबार १५:१६

काठमाडौं । साता कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन २५ अंकले बढेको शेयर बजार आज १२.६२ अंकले घटेर २०८४ को बिन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज पिपल्स् पावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ६.५ प्रतिशतले घटेर ३१८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन पावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*