नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म कायम रहेका लगानीकर्ताले भर्न पाउँछन् ?

२९ असार २०८०, शुक्रबार ०८:०४

नेसनल हाइड्रोपावरले आजदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। यसले ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ । जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् ।

यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ । मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ । धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*