विवादित घोराही सिमेन्टको आईपिओ बाँडफाँड आज, आवेदक सबैले पाउने अनुमान

काठमडौं । घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुने भएको छ। आज दिँउसो ३:३० बजे नबिल इष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड हुन लागेको जानकारी गराएको छ।
कम्पनीको आइपीओ विवादनका कारण सुरुमा आवेदन दिएका आधा भन्दा बढीले पैसा निकालिसकेका थिए । सो कारण पुन खुल्ला गरेर पुन बन्द गर्दै आज बाँडफाँड गर्दैछन् ।कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको हो।
कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकबाट २ करोड ५४ लाख २० हजार३ सय २० कित्ताको लागि आवेदन परेको थियो । १० कित्ताको दरले शेयर बाँडफाँड गर्दा कुल ६ लाख ९१ हजार १ सय ६७ जनाले कम्पनीको शेयर पाउने थिए । तर ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकले मात्र आवेदन दिएकोले सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने र केहि आवेदकले २० कित्ता शेयर पाउने देखिएको हो ।