नेप्से १२ अंकले बढ्दा दुई अर्ब माथिको कारोबार, सूचांक बढेपनि राम्रो देखिएन संकेत

३१ असार २०८०, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से १२.१६ अंकले बृद्धि भई २०९७.०९ कायम भएको छ । यद्यपि बजारमा आशा गर्ने अवस्था भने छैन । साताको पहिलो दिन कारोबार सुरु भए लगत्तै ह्वात्तै बढेको देखिए पनि दिनभर जसो समग्र मूल्य परिसूचक खासै राम्रो देखिएको थिएन । बैंकहरुको ब्याजदर नघटेको लगायतका कारणहरु शेयर बजार प्रभावित पार्न भूमिका खेलेका थिए ।

आज नेप्सेमा कूल दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार ७१ लाख ८४ हजार वटा कित्ता शेयर खरिद बिक्री भएका थिए । सो क्रममा ३९ हजार वटा कारोबार भएका छन् ।

नेप्से सामान्य अंकले बढेको र कारोबार दुई अर्ब ३७ करोड माथि देखिए पनि सेटिङमा कारोबार भइरहेका शिवम् र हिमालयन लाइफका कारण बजार बढेको देखिएको छ । यसको समग्रमा शेयर बजारमा आशा गर्ने ठाउँ भने देखिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*