आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

१ श्रावण २०८०, सोमबार १०:४६

काठमाडौं । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*