कारोबारको पहिलो दिनमै युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट

१ श्रावण २०८०, सोमबार ११:४०

काठमाडौं । मर्जर पश्चात पहिलो दिन कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकानरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेसँँगै ४८ रुपैयाँले बढेर ५३८ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर आजदेखि कारोबारमा आएको हो ।

नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता पूँजी १ सय रुपैयाँको दरले शेयर सूचीकृत भएको हो ।

नेप्सेले दुबै कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का गरेको शेयर आजदेखि युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबारमा आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*