शिवम् सिमेन्ट र हिमालयन लाइफमा लगानीकर्ताको चाप, अन्य कुनको कति भयो कारोबार ?
१ श्रावण २०८०, सोमबार १५:०७

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ लाई शेयर बजारले हरियालीका साथ स्वागत गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै शेयर बजार ४७.७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज पनि आम लगानीकर्ता शिवम् सिमेन्ट र हिमालयन लाइफको शेयरमा झुम्मिएका छन् । आज शिवम् सिमेन्टको ६६२ रुपैयाँका दरले १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
त्यस्तै, हिमालयन लाइफको शेयरमा लगानीकर्ता आजपनि उत्साहित देखिएका छन् । कम्पनीको आज ५१६ रुपैयाँका दरले १० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लगायत अन्यको सर्वाधिक शेयर कारोबार भएको छ ।