९ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्ब माथि

२ श्रावण २०८०, मंगलवार १५:१०

काठमाडौं । साता कारोबारको तेस्रो दिन आज अर्थात मंगलबार पनि नेप्से बढेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा खुसि छाएको छ ।

आज नेप्से सूचकांक ९।९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५५ कम्पनीहरुको ८६ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ५४ करोड ४८ लाखको कारोबार भएको छ ।

नेप्से सूचकांक बढेसँगै आज ७ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ६ उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक निर्जीवन बीमा उपसूचक १।५५ र उत्पादन तथा प्रशोधन उपसूचक १।३६ प्रतिशतले बढेको छ ।

मंगलबार होटल तथा पर्यटन उपसूचक भने सर्वाधिक १।४५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*