युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२ श्रावण २०८०, मंगलवार १५:१९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार हिजोदेखि कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज शुभम पावर, युनिलिभर नेपाल लिमिटेड, उपकार लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*