सिडिएससीद्धारा लगानीकर्तालाई जरुरी सूचना

३ श्रावण २०८०, बुधबार १४:५०

सिडिएससिले आफ्नो स्वामित्वको शेयर मात्रै बिक्री गर्न आग्रह गरेको छ। विभिन्न कारणले शेयर रोक्का हुने भएकोले त्यस्ता शेयर बिक्री नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको छ।

“लगानीकर्ताको हितग्राही खातामा रहेको धितोपत्र विभिन्न कारणले रोका हुन सक्ने र यसरी रोका भएको धितोपत्र दोस्रो बजारमा विक्री गरी राफसाफ तथा फर्छ्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकी क्लोज आउट हुने समस्या देखिने गरेकोले सम्पूर्ण लगानीकर्तालाई आफ्नो स्वामित्वमा रहेको धितोपत्र विक्री गर्नु अघि उक्त धितोपत्र विक्री गर्न योग्य रहेको यकिन गर्नुहुन अनुरोध गरिन्छ” सिडिएससिले सूचनामा भनेको छ।

उसले के कसरी शेयर बिक्री गर्दा यकिन गर्ने विषय समेत सुझाएको छ। “मेरो शेयरको माई शेयर पेजमा देखाइने धितोपत्रको अवस्था मध्ये फ्री ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र विक्री योग्य रहेको जानकारी गराउँदै सोही अनुसार गर्न गराउन सम्बन्धित सम्पूर्ण पक्षलाई सूचित गरिन्छ” सूचनामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*