युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

३ श्रावण २०८०, बुधबार १५:०४

काठमाडौं । साताको चौथौ दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

मर्जरको प्रकृयाको कारण नेप्सेले गत जेठ १४ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। कम्पनीले पुँजि पुराईसेकेको छ । बाँकि बीमा प्राधिकरणले तोकेका अनुसार पुँजि पुराउन हकप्रद वा बोनस शेयर ल्याउने भएको कारण कम्पनीको शेयरमा लगानीकर्ता झम्मिएको देखिन्छ।

डेढ महिना रोक्का रहेको युनाइेटड अजोड इन्स्योरेन्सको सेयर नेप्सेले असार ३१ गतेदेखि फुकुवा गरिदिएको थियो। सो कारण लगानीकर्ताहरु यस कम्पनीको शेयरमा झुम्मिएका थिए ।
त्यस्तै , एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट्स, फस्र्ट माईक्रोफाइनान्स्, हिमालयन लाइफ, कुमारी बैंक,एशियन लाइफ, ज्योति विकास बैंक, प्रभु बैंक र लुम्बिनी विकास बैंकको शेयर आज शिर्ष १० कम्पनीको लिष्टमा कारोबार भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*