११ अंकले बढ्यो नेप्से, ट्रेडिङ र बैंकिङ क्षेत्रको उपसूचमा उछाल

३ श्रावण २०८०, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन आज बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचकांक ११।१७ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ ।

बुधबार नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ८६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजारको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले बढेतापनि अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । बुधबार ८ उपसूचकहरुमा रातो पोतिदा ५ वटा उपसूचकमा मात्र हरियाली छाएको देख्न सकिन्छ । आज ट्रेडिङ उपसूचक सर्वाधिक ४।८३ प्रतिशतले वृद्धि भएको छ । आज बैकिङ उपसूचक २।३१ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*