माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्रि खुल्ला , क- कसले दिन पाँउछन् आवेदन ?

४ श्रावण २०८०, बिहीबार ०५:२६

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ल गरेको छ।कम्पनीले जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

जसमध्य ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं। ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं। २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं।५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट प्रथम चरणमा गर्ने कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*