प्रभु इन्स्योरेन्स कम्पनी दोधारमा, भेञ्चर कम्पनी रोज्ने कि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

३ श्रावण २०८०, बुधबार २०:२५

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हपक्रद शेयर जारी गर्ने जनाएको छ।

नेपाल बीमा प्राधिकरणको निर्णय अनुसार कम्पनीले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजि पुराउनुपर्ने हुन्छ । जसको म्याद सकिसकेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीसँग प्रथम चरणमा मर्जरको कुरा चलेपनि पछि भाडिएपछि कम्पनीले भेञ्चर कम्पनीको पखाईमा बसेको थियो । हाल उक्त कम्पनीसँग छलफलको क्रममा रहेको छ।

कम्पनीले संचालकसँगको निर्णय अनुसार ६५ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ। कम्पनीको हालको प्ुँजि १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
हकप्रद शेयर जारी गरिसकेपछि पनि कम्पनीले बोनस शेयर जारी पछि मात्रै पुँजि पुग्ने देखिन्छ । हकप्रदको लागि बीमा प्राधिकरणको स्वीकृती चाहिन्छ भने बोनस शेयर संचालकको निर्णय अनुसार हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*