प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन

४ श्रावण २०८०, बिहीबार १७:२२

नेप्सेमा प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।नेप्सेले सपष्टिकरणको लागि तीन दिनकोसमय दिएको छ।

धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर कम्पनीले असार २७ गते हकप्रद जारी गर्ने निर्णय गरेपनि साउन ४ गते मात्र नेप्सेमा जानकारी दिएको थियो ।

प्रभु इन्स्योरेन्स लिमिटेडले मिति २०८० असार २७ गते सञ्चालक समितिको बैठक बसी चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेको थियो । सो जानकारी कम्पनीले नेप्से समक्ष साउन ४ गते मात्र उपलब्ध गराएको हो ।

नेप्सेले हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेपनि के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*