कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

७ श्रावण २०८०, आईतवार ०५:५५

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदैछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख ६ हजारको आवेदन परेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरु मध्ये भाग्यशाली १० हजार ११५ जनाले १ लाख १ हजार १५१ कित्ता शेयर पाउनेछन् ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको कारणले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*