कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १० हजार बढीले पाए शेयर

७ श्रावण २०८०, आईतवार १०:३८

काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गरेको जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार आईपिओआ कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको छ । जस मध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य रहेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जस मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*