शेयर धितो कर्जामा पुरानै व्यवस्था, ५० लाख भन्दा कमका ऋणको भार १००% मा झारिने

७ श्रावण २०८०, आईतवार १६:१०

काठमाडौं। शेयर धितो कर्जामा पुरानै व्यवस्था लागू गर्ने भएको छ। ५० लाख भन्दा कमका ऋणको भार १००५ मा झार्ने व्यवस्था गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्।

चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको थियो ।

उनले मौद्रिक नीतिपछि आउने सर्कुलरमा सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको हकमा जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सीमित गर्न खोजिएको बताए ।यसअघि २५ लाखसम्मको कर्जाको रिस्क वेट १०० प्रतिशत थियो भने त्यसभन्दा माथिको कर्जाको रिस्क वेट १५० प्रतिशत थियो । अब भने ५० लाखसम्मको रिस्क वेट १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जाको रिस्क वेट भने १५० प्रतिशत नै यथावत रहेको गभर्नरको भनाई छ ।

त्यस्तै, गभर्नर अधिकारीले रियल स्टेटसँग सम्बन्धित सबै साइजका कर्जाको जोखिमभार नघट्ने प्रष्ट पारेका छन् । उनले स्वीकृति लिएर आवासीय निर्माणका लागि लोन लिनेहरुको हकमा रिस्क वेट १५० बाट १०० मा सीमित गरिएको र सबैखालको रियल स्टेट कर्जाको रिस्क वेटेज १०० मै सीमित भएको मान्न नहुने बताए ।

हालको व्यवस्थाअनुसार सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार १ सय ५० प्रतिशत छ ।मौद्रिक निति आउनु अगाडि सरोकारवाला पक्षहरुले १ सय प्रतिशत कायम गर्नुपर्ने माग राखेका थिए ।

राष्ट्र बैंकका अनुसार शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको हो । हाल शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको छ।

७५ प्रतिशतबाट एकैपटक दोब्बर बढाएर १५० प्रतिशतसम्म पुयाइएको जोखिमभारलाई केही घटाउने बिषयमा संचालक समितिको बैठकमार्फत अन्तिम निर्णय आउने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक निति आउनु अगाडि सरोकारवाला पक्षहरुले १ सय प्रतिशत कायम गर्नुपर्ने माग राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*