सिनर्जी पावर डेभलपमेन्टद्धारा ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय

८ श्रावण २०८०, सोमबार १०:५९

सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यसले साउन १२ गते बुक क्लोज गर्ने भएको हो । यस आधारमा बिहीबार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*