प्रि-ओपनिङमा सेयर बजारमा सामान्य अंकले बढ्यो

८ श्रावण २०८०, सोमबार ११:०५

हिजो मौद्रिक नीतिको प्रभाव परेको बजारमा आज प्रि(ओपनिङमा सेयर बजारमा सामान्य वृद्धि देखिएको छ।

बजार मापन गर्ने सूचक ०।०३ अंकले बढेर परिसूचक २२२७।२० बिन्दुमा रोकिएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर ३९ लाख ५० हजार ४९२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ ।

कारोबारमा निर्जीबन बिमा, लगानी, जलविद्युत, होटल, विकास बैंक समूहको उप सूचक बढेको छ भने बैंकिङ, वित्त, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*