मौद्रिक नीतिले उचालिएको शेयर बजार आज २६ अंकले घट्यो, अधिकांश उपसूचक राताम्मे
८ श्रावण २०८०, सोमबार १५:१४
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयरबजार ओरालो लागेको छ। सोमबार शेयर बजार २६।६६ अंकले घटेर २२०० विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको २ करोड ९ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ७३ करोड ७६ लाख माथिको कारोबार भएको छ ।
शेयर बजार ओराली लागेसँगै ११ वटा उपसूचकमा रातो पोतिएको छ भने २ उपसूचमा मात्र हरियाली छाएको छ । आज सर्वाधिक अन्य उपसूचक २।८७ प्रतिशतले बढेको छ भने दोस्रोमा म्युचुअल फण्ड उपसूचक ०।९५ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सर्वाधिक विकास बैंक उपसूचक ३।५० प्रतिशतले घटेको छ भने दोस्रोमा ट्रेडिङ उपसूचक २।९२ प्रतिशतले घटेको छ । आज बैंकिङ उपसूचक २ प्रतिशतले घटेको छ ।