किसान लघुवित्तको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

९ श्रावण २०८०, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि किसान लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ८७ रुपैयाँले बढेर ९५८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सिटी होटल, रिभर फल्स पावर, युनिलिभर नेपाल लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*