साना लगानीकर्ताको हितमा रहेको मौद्रिक नीति सार्वजनिकपछि शेयरबजार निरन्तर घट्यो
९ श्रावण २०८०, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६।१९ अंकले घटेर २,१६४ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख माथिको कारोबार भएको छ ।
आज नेप्से घटेसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ भने एकमात्र होटल तथा पर्यटन उपसूचमा १।२२ प्रतिशतको वृद्धि आएको छ । आज बैंकिङ उपसूचक सर्वाधिक २।७५ प्रतिशतले घटेको छ भने दोस्रोमा विकास बैंक उपसूचक २।०८ प्रतिशतले घटेको छ ।