महुली लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिले सम्म दिन पाइन्छ आवेदन ?

१० श्रावण २०८०, बुधबार ११:००

काठमाडौं । महुली लघुवित्तले विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।शेयरधनी गुप्ताले आफ्नो नाममा रहेको उक्त परिणामको शेयर बिक्री गर्न निवेदन दिएपछि शेयर बिक्री प्रकिया अगाडि बढाइएको हो ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई भएको कम्पनीले जनाएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (साउन १०) ले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय महुली सप्तरीमा निवेदन पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

साथै संस्थापक शेयरधनीको आवेदन नपरेमा उक्त शेयर अन्य ब्यक्ती वा संस्थालाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*