कालिका पावर कम्पनीको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

१० श्रावण २०८०, बुधबार १०:४३

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीलय कार्यालय बालुवाटार काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समय अवधि भित्र कुनैै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*