गैरआवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउने ड्राफट तयार, अध्ययन समितिले बुझायो प्रतिवेदन

१० श्रावण २०८०, बुधबार ११:४६

काठमाडौं । गैर आवासिय नेपालीलाई धितोपत्र बजारमा भित्राउनको लागि अध्ययन गर्न गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं उक्त समितिका सदस्य मुक्तिनाथ श्रेष्ठले प्रतिवेदन तयार पारी बोर्ड अध्यक्षलाई पेश गरेको हो।

नेपाल धितोपत्र बोर्डले २०७९ चैत्र १९ गते धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्राउने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो ।

धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका थिए। उक्त समितिले ३ महिनाको समय पाएको थियो ।

समितिले गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्ने, उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्ने कार्यादेश पाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*