नेप्से निरन्तर ओरालो यात्रामा

१० श्रावण २०८०, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजार सामान्य अंकले घटेको छ । बजार सामान्य अंकले घटेतापनि अधिकांश उपसूचकमा भने रातो पोतिएको छ ।

बुधबार शेयरबजार ८।११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ७३ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड २५ लाखको कारोबार भएको छ ।

नेप्से सूचकांक घटेसँगै १० वटा उपसूचकमा रातो पोतिएको छ । आज अन्य उपसूचक ०।७०, म्युचुअल फण्ड ०।३७ र फाइनान्स उपसूचक ०।०८ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक १।४२ प्रतिशतले घटेको छ । दोस्रोमा हाइड्रोपावर उपसूचक ०।९२ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०।८३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*