सिनर्जी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

११ श्रावण २०८०, बिहीबार १०:०५

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात साउन १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउनेछ ।

विद्युत नियमन आयोगले आयोगले कम्पनीलाई माघ १२ गते हकप्रद निष्काशन गर्न स्वीकृती दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*