मौद्रिक नीतिको अपूर्ण राहतको कारण नेप्सेमा गिरावट कायमै, सबै उपसूचक राताम्मे
११ श्रावण २०८०, बिहीबार १५:१३

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट देखि नेप्से निरन्तर रुपमा ओरालो लागेको छ । बिहीबार पनि नेप्सेमा गिरावट आउँदा १३ वटै उपसूचकमा रातो पोतिएको छ ।
मौद्रिक नीति सन्तोषजनक नहुँदा नेप्सेमा गिरावट आएको लगानीकर्ताहरुको भनाई छ । बिहीवार नेप्से सूचकांक २९।७१ अंकले घटेर २,१२६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ६२ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाखमाथिको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै आज सबै उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक २।६५, फाइनान्स उपसूचक २।२३, अन्य उपसूचक २।१२ र होटल तथा पर्यटन उपसूचक २।०२ प्रतिशतले घटेको छ ।