दुई कम्पनीको हकप्रद शेयरमा मूल्य समायोजन, आईतबार कतिमा खुल्छ ?
११ श्रावण २०८०, बिहीबार १६:३९

काठमाडौं । नेप्सेले बिहीबार दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ ।नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई २०३ रूपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, मल्टिप्रपोज फाइनान्सको ३५ प्रतिशत हकप्रदपछि ३१८ रुपैंया ३७ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबर मूल्य ३९४ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
सोही मूल्यको आधारमा दुवै कम्पनीको आइतबार सेयरबजारमा कारोबार खुल्नेछ