सोल्टी होटेलद्वारा पुरानो लिन बाँकी लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह

काठमाडौं । सोल्टी होटेलले आफ्ना शेयरधनीहरुलाई बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको छ । होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो ।
होटलले एक सूचना प्रकाशित गर्दै पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई सो लाभांश बुझिलिन आग्रह गरेको छ ।
लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्रसहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।