एनआईबिएल सहभागिता फन्डको ४ प्रतिशत लाभांश घोषणा

१२ श्रावण २०८०, शुक्रबार १०:०८

काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डले आर्थिक वर्ष २०७९–०८०का लागि ४ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजना हो ।

एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्ण पिनि गरेको छ । यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाइधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*