सानिमा बैंकको नयाँ सेवा सञ्चालनमा, यस्ता छन् विशेषता

१२ श्रावण २०८०, शुक्रबार १२:४२

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाईभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाईभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।

उक्त सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउने भएको छ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*