नेप्सेबाट यी सात नयाँ ब्रोकर कम्पनीले पाए सदस्यता

१२ श्रावण २०८०, शुक्रबार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट थप ७ नयाँ ब्रोकरलाई सदस्यता प्रदान गरेको छ । आज थप ७ ब्रोकरलाई नेप्सेले सदस्यता प्रदान गरेको हो ।

नेप्सेले आज इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक इन्डेक्स सेक्युरिटिज लिमिटेड, हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरित्ज प्रालिलाई सदस्यता प्रदान गरेको छ ।

नेप्सेले उनीहरुलाई सदस्यता प्रदान गरेसँगै ब्रोकर नम्बर समेत प्रदा गरेको छ । शुक्रबार नेप्सेले एलिट स्टक हाउस लिमिटेड ब्रोकर नम्बर ६८, इन्डेक्स सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकर नम्बर ७२ , मनि वल्ड शेयर एक्सचेन्ज प्रालि ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ७४ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*