मौद्रिक नितिपछि निरन्तर घटेको नेप्से यो साता के होला ?

१४ श्रावण २०८०, आईतवार १०:१३

काठमाडौं । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २१६३.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७३ प्रतिशत अर्थात ३७.४४ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ। आज भने सकारात्मक लय समाट्ने देखिएको शेयर बिश्लेषकहरु बताँउछन् ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। आइतबार केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण गत साताको बजार प्रभावित भएको हो।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सपोर्ट जोन नजिक बन्द भएको छ। हाल नेप्सेको सपोर्ट जोन २०९० देखि २१२० रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा भने २२०० देखि २२३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

साप्ताहिक रुपमा गत साता नेप्सेले सुटिङ्ग स्टार प्याटर्न बनाएको छ। यसले खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको र आगामी दिनमा बजार अmभ घट्न सक्ने संकेत गर्दछ। गत साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*