आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१४ श्रावण २०८०, आईतवार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.७३ अंकले घटेर २०९९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै शेयर बजारमा उत्साहजनक ब्यापार भएको देखिएन । आज सुपरमाई हाइड्रोेपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४, सिनर्जी पावर, मेगा म्युुचुुअल फण्ड १, एनएमबी हाइब्रिड फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।