सूचीकृत कम्पनीहरुमा बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान अनिवार्य गर्ने व्यवस्था लागू हुँदै, लगानीकर्ता झन्झटबाट मुक्त

१४ श्रावण २०८०, आईतवार १७:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आज आफनो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले नीति तथा कार्यक्रममार्फत बोनस सेयaरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ। बोर्डले यो व्यवस्था लागू गर्नको लागि सूचीकृत कम्पनीहरुलाई बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिने भएको छ।

हाल केही सूचीकृत कम्पनीहरुले बोनस सेयरका लागि लगानीकर्ताहरुलाई कर तिर्न लगाउन पाउने व्यवस्था रहेको छ । यो व्यवस्थाको अधिकांश सूचीकृत कम्पनीहरुले भने लाभांश घोषणा गर्दा कर प्रयोजनका लागि रकम छुट्याउँदै आएका थिए। बोर्डको आजको यो नयाँ व्यवस्थाले बोनसमा लाग्ने करलाई अनिवार्य रुपमा नगद लाभांशबाट मिलाउनुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*