मौद्रिक नीतिपछि निरन्तर घटेको शेयर बजारमा हरियाली छायो

१५ श्रावण २०८०, सोमबार १५:१३

काठमाडौं । सात दिनदेखि लगातार गिरावट आएको नेप्सेमा साता कारोबारको दोस्रो दिन अर्थात सोमबार झिनो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार आएसँगै केही राहत मिलेको लगानीकर्ताको भनाई छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम भने १ अर्बमै सिमित भएको छ ।

सोमबार नेप्से सूचकांक ५।८४ अंकले बढेर २,१०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएतासँगै १० उपसूचकमा पनि हरियाली छाएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक १।९७ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १।२६ प्रतिशतले बढेको छ ।
सोमबार हाइड्रोपावर उपसूचक सर्वाधिक ०।३७ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक क्रमशः ०।१० र ०।०५ प्रतिशतले घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*