९९९ रुपैयाँमा हिमालयन ब्रोकेजको नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने, आजीवन नवीकरण गरिने
१५ श्रावण २०८०, सोमबार १७:०६

काठमाडौँ । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा ९ सय ९९ रुपैयाँमा गरिने स्किम ल्याएको छ ।
कम्पनीले आज एक स्कीम सार्वजनिक गरी आम लगानीकर्ताहरुलाई समयमै स्कीमको फाइदा लिन आग्रह गरेको छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।