शतप्रतिशत हकप्रद शेयरको लागि अपर तामाकोशी हाइड्रोपावरको बुक क्लोजको मिति तय

१५ श्रावण २०८०, सोमबार १७:३१

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोजको मिति तय भएको छ ।कम्पनीले साउन २६ गते एक दिनको लागि बुक क्लोजको मिति तय गर्ने भएको हो । जसको कारण साउन २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद भर्न पाउनेछन् ।

गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो। हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्।

One thought on “शतप्रतिशत हकप्रद शेयरको लागि अपर तामाकोशी हाइड्रोपावरको बुक क्लोजको मिति तय

  1. दिपक बहादुर बम says:

    हकप्रद सेयर अलिकति केही बढी खोल्न पाए राम्रो हुनेथियो कि।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*