अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारण सभा भदौ ६ मा, बुक क्लोज कहिले ?

१६ श्रावण २०८०, मंगलवार ०९:४२

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा भदौ ६ गते आयोजना गर्ने भएको हो । सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यसका साथै, सभाले लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८।७९ को (नाफा–नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेबारे ।

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिनन सामाजिक संस्थाहरुलगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८–७९मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*