नेप्से २ हजारको विन्दुमा झर्यो

१६ श्रावण २०८०, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको दोस्रो दिन झिनो अंकको सुधार देखिएको नेप्समो तेस्रो दिन अर्थात मंगलबार पुनः गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकमा रातो पोतिएको छ ।

मंगलबार नेप्से सूचकांक २८।५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल फण्ड उपसूचमा हरियाली छाएको छ । म्यचुअल फण्ड उपसूचक ०।३५ प्रतिशतले बढेको छ ।

त्यस्तै , आज सर्वाधिक निर्जीवन बीमा उपसूचक २।४७ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक २।४३ प्रतिशतले घटेको छ भने आज होटल तथा पर्यटन उपसूचक २।१६ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*