कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१७ श्रावण २०८०, बुधबार १०:३४

काठमाडौैं । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनी मनोज कुमार थापाको नाममा रहेका ४ हजार १३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई भएको जानकारी संस्थाले दिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (साउन १७) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयरको विवरणसहित संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

साथै, तोकिएको समयावधिभित्र कुनै शेयरधनीबाट खरिद आवेदन नपरेमा प्रचलित कानुनबमोजिम सो शेयर अन्य ब्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*