एलआइसी नेपालको बार्षिक साधारण सभा सम्पन्न, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित

१७ श्रावण २०८०, बुधबार १५:३१

काठमाडौं । एलआइसी नेपालको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने खाली बनाएको छ।

सभामा ४।६५प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पारित गरेको छ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल भएको छ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*