नेप्सेमा छायो हरियाली, उचालियो होटल र विकास बैंकको उपसूचक

१७ श्रावण २०८०, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से सूचकांक ९ अंकले बढेको छ । नेप्सेमा सुधार आएपनि कारोबार रकम भने १ अर्बमै सिमित भएको छ ।

बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ को विन्दुृमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ९३ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाखको कारोबार भएको छ ।

नेप्सेमा सुधार आएसँगै १० उपसूचकहरुमा हरियाली छाएको छ भने ३ उपसूचकमा रातो पोतिएको छ । आज फाइनान्स उपसूचक सर्वाधिक १।६९ प्रतिशतले बढेको छ । दोस्रोमा होटल तथा पर्यटक उपसूचक १।४० र डेभलपमेन्ट बैंक उपसूचक १।०१ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०।२८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसूचक ०।२४ प्रतिशतले घटेको छ । टे«डिङ उपसूचक भने ०।०६ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*