शिवम् सिमेन्टसको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य सर्वाधिक कारोबार भएका १० कम्पनी
१७ श्रावण २०८०, बुधबार १५:०४

काठमाडौं । नेप्सेमा आज सुधार देखिएको छ। शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ताको आकर्षण कायमै भएको देखिएको छ।
कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सानिमा बैंकको प्रमोटर शेयर, प्रोगेसिभ फाइनान्स, अपर तामाकोशी, सोल्टि होटल, प्राइम कर्मशीयल बैंक, माछापुच्छे बैंक, हिमलायन लाइफ, एभरेष्ट बैंक र कुमरी बैंकको प्रमोटर शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।