प्रिमियममा आईपीओ निष्काशन गर्न सोनापुर मिनरल्सलाई धितोपत्र बोर्डको अनुमति , प्रतिकित्ता मूल्य कति ?

१७ श्रावण २०८०, बुधबार १६:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्काशन गर्ने भएको छ ।

यसैगरी सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेकालाई समेत) प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँ १३७.५८ रुपैयाँ प्रिमियम थप) आईपीओ जारी गर्नेछ ।

उत्पादन तथा प्रशोधन समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*