नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

१८ श्रावण २०८०, बिहीबार ०९:३६

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*