सिनर्जी पावरको हकप्रद शेयरमा आवेदन दिने मिति परिवर्तन, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

१८ श्रावण २०८०, बिहीबार १२:०६

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय परिवर्तन गरेको छ । यसअघि साउन २५ गतेदेखि भनिएको मिति परिवर्तन भएर भदौ ३ गतेदेखि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*